मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ८ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदन जनताको आवाज हो कि सरकारको कठपुतली : तोसिमा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार १४:५८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छिन्।

प्रतिनिधिसभाको बैठकमा संविधान संशोधनको वाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।

उनले भनिन्, ‘वाचा सुशासनको अनि जनताका लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी। हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बादलको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिष्कार गरिरहेका छौँ।’

दुई प्रतिपक्ष दलले निरन्तर विरोध गरे पनि निर्वाध चलाइरहेको भन्दै जनताले एक–एक हिसाब राखिरहेको दाबी गरिन्।

उनले सदन जनताको आवाज हो कि सरकारको कठपुतली ? भन्दै प्रश्न गरिन्। उनले आफूहरूको मागअनुसार छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने सुनाइन्।