मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ९ शुक्रबार २o:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले विश्व एक्वेटिक्स च्याम्पियनसिप खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार २o:३७:oo

सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि ६ सदस्यीय नेपाली टोली शुक्रबार राति ११ बजे सिंगापुर प्रस्थान गर्ने भएको छ । 

प्रतियोगितामा समान दुई पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । चारै खेलाडीले समान दुई स्पर्धामा भाग लिनेछन् । पुरुषमा इर्भिन श्रेष्ठले एक सय र दुई सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले  ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा ओलम्पियन डुवाना लामाले दुई सय मिटर फ्रिस्टायल र एक सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र एक सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउनेछन् ।

टोली व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की  छन् ।  जुलाई ११ देखि सुरु भइसकेको प्रतियोगिता अगस्ट ३ सम्म चल्नेछ । नेपालको खेल भने जुलाई २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

जुलाई २७ मा अजलले ५० मिटर बटरफ्लाई, २८ मा डुवानाले एक सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले दुई सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले दुई सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ । जुलाई ३० मा इर्भिनले एक सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले एक सय मिटर फ्रिस्टायल, अगस्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । टोली अगस्ट ४ मा स्वदेश फर्किनेछ ।

टोलीलाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले शुक्रबार नै  बिदाइ गरेका थिए ।