मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण ९ शुक्रबार २२:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई मुख्यमन्त्री लामाले गरे पदमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार २२:४६:oo

बागमती प्रदेश सरकारमा आन्तरिक शक्तिसंघर्ष चुलिँदै गएको छ । शुक्रबार कांग्रेसका तर्फबाट मन्त्री रहेका चारजनाले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उनीहरूलाई पदमुक्त गरेका छन् ।

नेपालको संविधान, २०७२ को धारा १६९ को उपधारा (२) को (ख) बमोजिम मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका हुन् ।

आफूलाई असहयोग गर्दै संसदीय दलको नेताविरुद्ध हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरूलाई पदबाट हटाएको स्रोतको दाबी छ । यसअघि शुक्रबार दिउँसो कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरूप मन्त्रीहरूले राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् ।