मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका सुदूरपश्चिम
२o८२ श्रावण ९ शुक्रबार २१:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार २१:५५:oo

कैलाली प्रहरीले गोदावरी नगरपालिका– ८, स्याउले गाउँका दुईजनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाई राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एकनाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

साथै प्रहरीले गोदारी नगरपालिका– २ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथीभरा गाउँपालिका ३९ वर्षीय गगन बोहाेरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

त्यसैगरी, गोदावरी नगरपालिका– १ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शंका लागी जाँच गर्दा निजहरूको साथबाट ४६९ ग्राम चरेससहित पक्राउ गरिएको छ ।

लागुऔषध चरेस लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।