मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
२o८२ श्रावण ८ बिहीबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्गमा गुणस्तरहीन कालोपत्रे

कालोपत्रे उक्किन थालेपछि चौतर्फी विराेध, सिडिओकाे ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार १४:२२:oo

कर्णाली रामजमार्गअन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन देखिएको छ । चन्दननाथ नगरपालिका– ७ स्थित ट्राफिक कार्यालयनजिक कालोपत्रे उक्किएपछि गुणस्तरहीन भएको पुष्टि भएको हो । सडक डिभिजन जुम्लामार्फत उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालोपत्रे गरेको हो । ठेकेदारले गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

दुई सय टनको रोलर लगाएर गरिएको कालोपत्रे (पिच) स्थानीयले हातले नै उक्काएका छन्। गुणस्तरहीन कालोपत्रे गरिएको भन्ने विषयमा चौतर्फी विरोध भएको छ। उक्किएको कालोपत्रे घटनाका विषयमा जुम्लाका राजनीतिक दलहरूले चासो देखाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले गुणस्तरहीन कालोपत्रे सडकका विषयमा सिडिओको ध्यानाकर्षण गरिएको बताएका छन्। उनले भने, ‘सबैको नजर पर्ने ठाउँमै गुणस्तरहीन सडक निर्माण गरिएको छ। अन्य ठाउँमा कस्तो होला । यो चासोको विषय बनेको छ।’  

नेकपा माओवादी केन्द्र चन्दननाथ नगर अध्यक्ष सुरेन्द्र महतका अनुसार विकास निर्माणका काममा गुणस्तरहीनदेखि आर्थिक अनियमितताका काम भएका छन् । तर, अख्तियारप्राप्त निकाय जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले गुणस्तरहीन कालोपत्र उक्किएको विषय सामाजिक सञ्जालमा देखिएपछि सडक डिभिजनका कर्मचारीलाई प्रशासनमै बोलाएकाे बताए ।  उनीहरू फिल्डतिर भएकाले छलफल हुन नसकेकाे उनकाे भनाइ छ । ‘फिल्डबाट सिधै प्रशासनमा आउँदै छन् । गुणस्तरहीन पिचका विषयमा आवश्यक कारबाही हुनेछ,’ उनले भने ।