मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o३:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ। बैठकमा केन्द्रीय सदस्यहरूकाे धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नेछन् । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
 
हिजो प्रतिवेदनमाथि गण्डकी, मधेश, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटब्युरोबाहेकका सदस्यले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रूपमा धारणा बुझाएका छन् । प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरूसहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिनेछ ।