मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
२o८२ श्रावण ६ मंगलबार २१:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाढीपछि केरुङमा फसेका नेपालीलाई भोलि स्वदेश ल्याइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार २१:३५:oo

भोटेकोशीको सहायक नदी ल्हेन्देको बाढीले सडक अवरुद्ध हुँदा दुई सातादेखि चीनको केरुङमा रहेका नेपालीलाई बुधबार स्वदेश ल्याइने भएको छ।

२४ असारको बाढीका कारण सडक अवरुद्ध हुँदा चीनतर्फ फसेका ९१ र व्यापार रोजगारीको सिलसिलामा त्यहाँ रही नेपाल आउन इच्छुक ११२ गरी २०३ नेपाली नागरिकलाई नेपाल ल्याउन लागिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। उनका अनुसार चिनियाँ पक्षले बुधबार बिहान ८ बजे केरुङबाट सिन्धुपाल्चोकस्थित तातोपानी नाकासम्म ल्याउनेछ भने सिन्धुपाल्चोकबाट नेपाली पक्षले बसमा काठमाडौं ल्याउनेछ। सिन्धुपाल्चोक जिल्लाको स्थानीय प्रशासन र पालिकासँगको समन्वयमा काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइएको हो। केरुङमा १२ सय नेपाली रहे पनि समस्यामा परेकाहरू मात्र आउन लागेका हुन्।

केरुङमा फसेकालाई निःशुल्क नेपाल ल्याउन गृह र परराष्ट्र मन्त्रालय, काठमाडौंस्थित चिनियाँ दूतावास, बेइजिङस्थित नेपाली दूतावास, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा दुवै देशका स्थानीय प्रशासनले समन्वय गरेका थिए।