मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o६:३९:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आन्तरिक कलहमा कांग्रेस–एमाले

ओली–विद्या टकरावले एमालेमा हलचल : च्यासलमै आएर सक्रिय बन्ने ओलीलाई विद्याको सन्देश

Read Time : > 6 मिनेट
प्रेम गौतम काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o६:३९:oo

संस्थापन पक्षको विरोधबिच पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीति गर्ने आफ्नो योजना पार्टी कार्यालयबाटै कार्यान्वयनमा लैजाने भएकी छिन् । केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन आइतबार एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा भण्डारीले प्रस्ट सन्देश दिएकी छिन्– पार्टी कार्यालय च्यासलमा नियमित उपस्थित भएर पार्टी काममा सक्रिय हुन्छु । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेट्ने ओलीको योजना अस्वीकार गर्दै उनीसँग पार्टी कार्यालयमै करिब दुई घण्टा छलफल गरेकी पूर्वराष्ट्रपति भण्डारीले ‘आगामी महाधिवेशनमा अध्यक्षको दाबी नछोड्ने’ संकेत गरिन् । ओलीले प्रतिस्पर्धीका रूपमा छेकबार लगाउन खोजेपछि दाहाल प्रचण्ड र शुक्रबार एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीसँग भेट गरेका कोइरालाले आइतबार आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् । दुई चरणमा गरी १६–१७ जना सांसदसँग छलफल गरेका कोइरालाले सरकारको काम र सुशासनलगायतका विषयमा धारणा पनि मागेका छन् । सरकारका कारण आमजनतामा बढेको वितृष्णाप्रति कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

निकट नेताहरूका अनुसार कोइरालाले आइतबार बिहान उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, कृषिमन्त्री रामनाथ अधिकारी, सांसदहरू हृदयराम थानीलगायतसँग छलफल गरेका थिए । त्यसपछि दिउँसो सांसदहरू सुनील शर्मा र कान्छाराम तामाङलगायतसँग छलफल गरेको कोइरालानिकट नेताहरू बताउँछन् । पहिलो चरणमा छलफल गर्ने र आगामी कदमबारे निर्णय लिने तयारी छ । 

छलफलमा सहभागी भएका सांसदले कोइरालाले सहमतिअनुसार सरकार नचलेको र मूलतः सुशासन कायम गर्न चुकेको बताएका थिए । ‘निकास दिनका लागि मैले नै सुरुमा कांग्रेस–एमाले गठबन्धनको कुरा उठाएको हुँ । तर, नागरिकको निराशा चिर्न सरकार असफल भयो । सुशासन कायम हुन सकेन । सुशासन कायम गरेर आमनगारिकलाई आशा जगाउनु हाम्रो कर्तव्य हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक सांसदले भने । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि कोइराला निरन्तर सम्पर्कमै रहेको उनीनिकट सांसद बताउँछन् । संस्थापन पक्षका सांसद र अन्य दलका नेताहरूसँग पनि छलफलको तयारी रहेको उनीनिकट एक नेताले बताए । सांसद र नेताहरूको धारणा बुझेपछि थप कदम चाल्ने रणनीतिमा कोइराला छन् । ‘सबैको कुरा सुनेपछि आगामी कदमबारे निर्णय लिनुपर्ने हुन्छ । यथास्थितिमा गठबन्धन सरकार जान सक्दैन भन्ने डाक्टर सापको कुरा स्पष्ट छ,’ छलफलमा सहभागी एक सांसदले भने ।

सातबुँदे सहमतिको एउटा बुँदा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने सहमति मात्रै कार्यान्वयनमा आएको र बाँकी सबै अलपत्र रहेको उनले बताएका छन् । छलफलमा शेखरले प्रचण्ड र भण्डारीसँग सुशासन कायम गर्ने सवालमा कुराकानी भएको स्पष्ट पारेका छन् । प्रचण्ड र भण्डारीले सुशासनको अभियानमा साथ रहेको बताएको पनि उनले बताए । भण्डारीले भने राजनीतिमा पुनः सक्रिय भएको भन्दै समर्थनका लागि आग्रह गरेको कोइरालाले बताएका थिए । ‘म राजनीतिमा फर्किएको छु । अब ब्याक हुन्न, म आउने हाे, त्यसमा कुनै शंका छैन । तपाईंले समर्थन गरे हुन्थ्यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै कोइरालाले भने । 

देशमा भ्रष्टाचार मौलाएको, बेथिति बढेको, भ्रष्टाचार 
काण्डमा मन्त्रीको नाम जोडिएर आउन थालेको विषय पनि छलफलको क्रममा उठेको छ । ‘विकसित गतिविधिबारे सांसदसँग कुरा भएको हो । संसद्मा कस्तो भूमिका खेल्ने, सुशासन कसरी कायम गर्ने भन्ने मुख्य विषय हो,’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने । 

छलफलमा सांसदहरूले सरकारको कार्यशैली परिवर्तन, नेतृत्व नै परिवर्तन वा कांग्रेस संसदीय दलको नेतृत्व परिवर्तन मुख्य तीन विकल्प रहेको सुझाएका छन् । सांसद हृदयराम थानीको भनाइ थियो, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ । सुशासन छैन, जसका कारण आममानिस निराश भएका छन् । अख्तियारसम्बन्धी विधेयक ६ महिनासम्म छलफलमा समेत ल्याइएन । निजामती विधेयकमा ‘कुलिङ पिरियड’को चलखेल भयो । भूमि विधेयक सिधै पास गर्ने चलखेल भइरहेको छ । शिक्षा विधेयकमा पनि लिंगरिङ भइरहेको छ,’ थानीले भने ।

सांसद सुनील शर्माले वर्तमान राजनीतिक अवस्था, विगतको समीक्षासहित भावी रणनीतिबारे छलफल भएको बताए । ‘गठबन्धन अहिले नै ब्रेक गर्दा भोलि के–के परिस्थिति हुन सक्छन् ? पार्टीको आगामी अधिवेशन, आगामी स्थानीय तह, प्रदेश र केन्द्रको चुनावलगायतका विषयलाई मध्यनजर गरेर अगाडि बढ्छौँ,’ शर्माले भने, ‘सभापतिले सम्मानजनक हिसाबले पार्टीलाई लान खोज्नुभयो भने एउटा परिस्थिति बन्छ । निहुँ खोजेर भिड्छु भन्नुभयो भने अब सुसाइडल गेम हुन्छ ।’

सांसद राजेन्द्र बजगाईंले सरकारले सुशासन कायम गर्न नसकेको तथा भिजिट भिसालगायतका विषयमा कोइरालाले आफ्नो धारणा राखेर सुझाव मागेको बताए । ‘डा. सापले सुशासनको कुरा गर्नुभएको छ । संसद्मा उठेको भिजिट भिसालगायतका राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरूसँग पनि कुरा राखेको हो भन्नुभयो,’ बजगाईंले भने । यद्यपि, कृषिमन्त्री अधिकारीले सामान्य छलफल भएको बताए । ‘अनुहार देखाएर फर्किएको हुँ । सामान्य भेटघाट मात्र भयो,’ कृषिमन्त्री अधिकारीले भने । दलको नेता फेर्ने प्रयास हो भन्ने प्रश्नमा अधिकारीले भने, ‘त्यस्तो होइन ।’

एमाले सचिव योगेश भट्टराई भन्छन्– नवीकरणभन्दा राजनीतिक विषय पहिले टुंगिनुपर्छ
प्राविधिक विषयभन्दा पहिले राजनीतिक विषय टुंगिनुपर्छ । राजनीतिक विषय टुंगियो भने प्राविधिक कुरा त्यसअनुसार हुन्छ । सदस्यता नवीकरण अभिलेखमा छ–छैन विवादको विषय नै होइन । उहाँ (पूर्वराष्ट्रपति)लाई सम्मानजनक भूमिका दिने भनिए भोलि नै टुंगिन्छ । राजनीतिमा फर्किने कुरा ठिक छैन भन्ने समझदारी भए नवीकरण नै भएको छ भने पनि निष्क्रिय हुन्छ । प्राविधिक विषयमा धेरै बहस आवश्यक छैन । कन्टेन्ट टुंगिएपछि, गीत–संगीत भरेपछि नाच्ने त्यसअनुसार हो ।

तीव्र राजनीतिक संवादमा शेखर : सरकारको नेतृत्व र संसदीय दलको नेता फेर्नेसम्मको छलफल
सरकारको नेतृत्व गरेको दल एमालेमा पूर्वराष्ट्रपतिको सक्रियतालाई लिएर हलचल मच्चिरहेकै वेला प्रमुख सत्तारूढ दल कांग्रेसभित्र पनि संस्थापन इतर समूह सम्भावित राजनीतिक कदमको नापतौलमा जुटेको छ ।

सुशासन, सेवाप्रवाह र संविधान संशोधनमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्षसहित इतर समूहका कांग्रेस नेता डा. शेखर कोइरालाले अन्तरपार्टी र आन्तरिक छलफल तीव्र बनाएका छन् । गत बिहीबार प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल पूर्वराष्ट्रपति भण्डारीले नेता–कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमै रहने र पार्टी काममा सहभागी हुने जानकारी गराएकी हुन् । 

राष्ट्रपतिबाट बिदा भएपछि पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेर भण्डारीले नियमित पार्टी काममा फर्किएको जनाउ मात्र नदिई, पार्टी कार्यालयबाटै सक्रिय बन्ने औपचारिक जानकारीसमेत गराएको स्रोतले बतायो । ‘म अब पार्टी कार्यालयमा उपस्थित भएर सक्रिय रूपमा पार्टी काममा सहभागी हुन्छु । नियमित रूपमा नेता–कार्यकर्तासँग सम्पर्कमा रहने औपचारिक जानकारी गराउँछु,’ भण्डारीले ओलीलाई गराएको जानकारी उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘त्यसबारे तपाईंको धारणा के छ ?’ स्रोतका अनुसार ओलीले सकारात्मक जवाफ फर्काएका थिए । ‘त्यसमा मेरो अन्यथा केही छैन । स्वागतै हुन्छ । पार्टी कार्यालयमा आउने कुरा त राम्रो हो ।’ 

दुई वर्षअघि नवीकरण गरिएको आफ्नो पार्टी सदस्यताबारे उत्पन्न योजनाबद्ध विवादमा पनि भण्डारीले गम्भीर असहमति प्रकट गरेकी छिन् । पार्टी सदस्यताबारे विवाद झिक्नुको कारण प्रस्ट्याउन भण्डारीले ओलीको ध्यानाकर्षण गराएकी थिइन् । जवाफमा ओलीले बाहिर नकारात्मक कोणबाट प्रचार भएको सुनाएका थिए । साथै ओलीले राष्ट्रपतिजस्तो विशिष्ट पदमा पार्टीले निर्णय गरेर पठाएका कारण आफूले पार्टीको फोरममा छलफल र सरोकारको विषयका रूपमा मात्र बैठकमा विषय उठान गरेको भन्दै नकारात्मक कोणबाट नबुझ्न आग्रह गरेका थिए । 

ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले तपाईंको सदस्यता नवीकरण पेन्डिङमा छ, होल्डमा छ भनेकै छैन । फरक ढंगले बाहिर प्रचार भयो । पार्टीले निर्णय गरेर सर्वोच्च पदमा पठाएका कारण पार्टी काममा फर्किने कि नफर्किने, फर्काउने कि नफर्काउने, फर्काइएको अवस्थामा के जिम्मेवारी दिने, त्यसले के प्रभाव पार्छ जस्ता विषयमा तपाईंसँग छलफल गरेर पार्टीले निर्णय गर्नुपर्ने हुन्छ भनेको हुँ । तर, बाहिर अलिक फरक ढंगले सन्देश प्रवाहित भएछ, त्यस्तो होइन ।’ 

ओलीले केन्द्रीय कमिटी बैठकपछि पार्टीले सदस्यता नवीकरणसहित पार्टी काममा फर्किन चाहेको विषयमा सचिवालय बैठकबाट उपयुक्त निर्णय गर्नेसमेत भण्डारीलाई जानकारी गराएका छन् । केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठक सकिएपछि सोमबार (आज)बाट सुरु हुने केन्द्रीय कमिटी बैठककै अघिल्लो दिन ओलीसँग पार्टी कार्यालयमै भेटवार्ता गरेर भण्डारीले अबको महाधिवेशनमा अध्यक्ष बन्ने गरी पार्टीमा पुनरागमन गरेको निर्णयबाट पछि नहट्ने सन्देश दिएको उनीनिकट नेताहरूको भनाइ छ । ‘अब उहाँ आवश्यकताअनुसार पार्टी कार्यालय जानुहुन्छ । नियमित पार्टी कार्यालय जाने विषयमा सल्लाह गर्नुभएको थियो । आज अध्यक्षलाई पनि जानकारी गराउनुभयो । अब नेता–कार्यकर्ताहरूसँग पनि नियमित नै भेटवार्ता गर्नुहुन्छ । पार्टीलाई बलियो बनाउने गरी पार्टी कार्यालयबाटै काममा सक्रिय हुनुहुनेछ,’ स्थायी समिति सदस्य कर्णबहादुर थापाले नयाँ पत्रिकासँग भने । 

थापाले पार्टी कार्यालय नियमित जाने भनेपछि कहाँ बसेर पार्टी काम गर्ने भन्ने प्राविधिक विषय भएको बताए । ‘अहिले त अध्यक्षको च्याम्बर मात्र खाली छ । उहाँले पार्टी कार्यालयमा कहाँ बसेर नियमित भेटघाट र काम गर्ने भन्ने प्राविधिक विषय हो,’ उनले भने । पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने विषय सचिवालय र पोलिटब्युरो बैठकमा निर्णय नभएको, तर प्रचार त्यसैअनुसार भएको सन्दर्भमा दुई नेताबिच भएको संवादले आशंका मेटेको उनको भनाइ छ । 

ओलीसँगको भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले महासचिव शंकर पोखरेलतिर इसारा गर्दै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएकी थिइन् । ‘अध्यक्षसँग समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा मात्र कुरा भयो,’ उनले भनिन् । पार्टी सदस्यता नवीकरणबारे सञ्चारकर्मीको जिज्ञाशामा भण्डारीले थपिन्, ‘त्यो त धेरै पुरानो कुरा (नवीकरण भइसकेको) हो । बाँकी तपाईंहरूलाई आधिकारिक च्यानलबाटै थाहा हुन्छ ।’ 

सचिव योगेश भट्टराईले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच राजनीतिक विषयमै केन्द्रित छलफल भएको जनाउ दिए । ‘प्राविधिक विषयभन्दा पहिले राजनीतिक विषय टुंगिनुपर्छ । राजनीतिक विषय टुंगियो भने प्राविधिक कुरा त्यसअनुसार हुन्छ । सदस्यता नवीकरण अभिलेखमा छ–छैन विवादको विषय नै होइन,’ उनले भने, ‘उहाँ (पूर्वराष्ट्रपति)लाई सम्मानजनक भूमिका दिने भनिए भोलि नै टुंगिन्छ । राजनीतिमा फर्किने कुरा ठिक छैन भन्ने समझदारी भए नवीकरण नै भएको छ भने पनि निष्क्रिय हुन्छ । प्राविधिक विषयमा धेरै बहस आवश्यक छैन । कन्टेन्ट टुंगिएपछि, गीत–संगीत भरेपछि नाच्ने त्यसअनुसार हो,’ भट्टराईले भेटवार्तापछि सञ्चारकर्मीहरूसँग भने । 

संस्थापनका स्थायी समिति सदस्य डा. राजन भट्टराईले सबै विषय दुई नेताकै सहमतिमा टुंगिने दाबी गरेका छन् । ‘उहाँहरूबिचको भेटघाटको निष्कर्ष– हाम्रा दुईबिचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमै हुन्छ । दरार पार्न खोजेर सम्भव हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएपछि उनलाई अप्ठ्यारो पार्ने गरी कदम चाल्दै आएका छन् । केन्द्रीय सचिवालयको बैठकमा ओलीले बहुमतबाट आगामी २०–२२ भदौसम्म हुने विधान महाधिवेशनमा दसौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले मात्र भाग लिन पाउने तथा बिचमा मनोनीत भएका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरू पनि आयोजकको हैसियतमा मात्र सहभागी हुन पाउने निर्णय गराएका थिए । यो निर्णयले आगामी विधान महाधिवेशनमा भण्डारी कुन हैसियतमा सहभागी हुन्छिन् भन्ने प्रश्न खडा गरेको छ ।

त्यस्तै, एघारौँ महाधिवेशनबाट आफू अध्यक्ष बन्न सहज हुने गरी ओलीले ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने व्यवस्थालाई सचिवालय र पोलिटब्युरो बैठकबाट हटाउने निर्णय गराएका छन् । भण्डारी आगामी महाधिवेशनमा अध्यक्ष बन्ने लक्ष्यसहित पार्टी राजनीतिमा फर्किएकी छिन् । तर, ओलीले उनमा संगठनात्मक नेतृत्वको अभाव रहेको भन्दै नेतृत्व हस्तान्तरण गर्न नसकिने बताउँदै आएका छन् ।

शनिबार पोलिटब्युरो बैठकमा उनले भण्डारीसँग वार्ता गर्ने सुनाएका थिए । केन्द्रीय सचिवालय बैठक र पोलिटब्युरो बैठकले आवश्यक छलफल र परामर्श गरेर छिटो टुंगो लगाउन सुझाव दिएको थियो । त्यसपछि भेटवार्ताका लागि ओलीले भण्डारीलाई सरकारीनिवास बालुवाटार बोलाएका थिए । तर, उनले आफूले पार्टी कार्यालयमै भेटेर छलफल गर्न चाहेको अडान लिइन् । त्यसपछि च्यासलमा भेटवार्ता तय भएको हो । 

भण्डारीसँग पार्टी कार्यालयमा भेट तय भएपछि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सरकारीनिवास बालुवाटारमै बोलाएर अलग्गै छलफल गरेका थिए । तर, ओली–भण्डारी भेटमा भने अरू नेता बसालिएन । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्–कोइरालाको सक्रियता अर्थपूर्ण छ 
पहिलो, कांग्रेस–एमालेबिच दूरी बढ्दै छ । त्यो दूरीको अवस्था के छ भनेर बुझ्न कोइरालाले अग्रसरता लिएको हुन सक्छ । यस्तै, पार्टीमा चलेको अनुशासनको डन्डा, आन्तरिक शक्ति संघर्ष, सरकारमाथि दबाब, अन्तर्राष्ट्रिय रूपमा सरकारले समर्थन नपाएको परिस्थितिमा भूराजनीतिक कारण पनि हुन सक्छ । यही सरकारलाई टिकाइराख्दा कांग्रेसलाई धेरै घाटा हुने बुझाइ धेरै कांग्रेसको छ । अब देउवा फ्याक्टरले मात्रै चल्ने अवस्था पनि बिस्तारै कमजोर हुँदै गएको छ । अर्कोतर्फ, के छ अवस्था बुझौँ न त भनेर देउवासँगकै सहमतिमा पनि कोइरालाको सक्रियता बढेको हुन सक्छ । सत्तापरिवर्तनको अभ्यास भनेर अहिले नै भनिहाल्न हतार हुन सक्छ, तर त्यो अभ्यास होइन भनेर भन्न सकिने अवस्था पनि छैन । कोइरालाको सक्रियता अर्थपूर्ण छ ।