सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:४२:००
समाचार

गुठी विधेयक तत्काल फिर्ता नलिए आन्दोलन गर्ने राप्रपा संयुक्तको चेतावनी

नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:४२:००
?>

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध आन्दोलन गर्ने पनि स्पष्ट पारेको छ । विधेयक फिर्ता लिन सरकारलाई दवाव दिँदै राप्रपा संयुक्तले प्रमुख प्रतिपक्ष कांग्रेससँग मिलेर आन्दोलन गर्ने जनाएको हो ।

पार्टीका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका हुन् । सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ ।

हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाई छ । अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको चेतावनी छ ।