१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १४ बुधबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौँपटक पायो ‘थ्री ए’ रेटिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १o:४o:oo

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई क्रेडिट रेटिङ संस्था, आइसिआरए नेपालले छैटौँपटक ‘थ्री ए’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ वित्तीय दायित्वहरू समयमै पूरा गर्ने अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ ।

आइसिआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पुँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुतीलाई प्रमुख आधार मानिएको छ । चालू वर्षको मध्य अप्रिलसम्म बैंकको पुँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पुँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो । बैंकको ननपर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ ।  

बैंकका सिइओ तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, ‘छैटौँपटक पनि एएए रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिबिम्ब हो । यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीको योगदान अमूल्य छ ।’ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झन्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ ।