
आगामी आर्थिक वर्ष ०८२/८३ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। रोजगारी सिर्जना, राजस्व परिचालन सुदृढ, बजेट अनुशासन कायम, सरकारको लक्ष्य प्राप्तिलगायतका सूचकांकबाट अर्थतन्त्रमा गतिशीलता आउने अपेक्षा भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल हुने सरकारको अपेक्षा छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा आगामी आवमा ५.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीतिलाई कायम गर्ने लक्ष्य पनि लिइएको छ।