
गोर्खाज फाइनान्सले दीर्घसेवा गर्ने कर्मचारीलाई बिदाइ तथा सम्मान गरेको छ । फाइनान्सले आफ्नो ३०औँ वार्षिक साधारणसभाका अवसरमा ३० वर्षभन्दा बढी सेवा गरी अनिवार्य अवकाश पाएका मुकुन्द श्रेष्ठको बिदाइ गरेको छ भने २० वर्ष सेवा गर्नेलाई सम्मान गरेको हो ।
फाइनान्सको साधारणसभा शुक्रबार गौशाला, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै, सोही सभाले आव ०८१/८२ को अन्तिम लेखा परीक्षणका लागि एनबिएसएम एसोसिएट्सलाई लेखा परीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले बताए । साधारणसभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकको नियुक्ति अनुमोदनसमेत गरेको छ ।