१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Tuesday, 27 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १३ मंगलबार o७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार o७:३९:oo

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन मेयर बालेन्द्र(बालेन) शाहमाथि दबाब बढेको छ । उपमेयर सुनिता डंगोलसहित ४१ जना सदस्यले सोमबार हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै पत्र लेखेका छन् ।

६ महिनादेखि बैठक बस्न नसकेकाले सबैको हस्ताक्षरसहित पत्र नै लेखेर बैठक माग गरिएको १७ नम्बर वडाका वडाअध्यक्ष नवीन मानन्धरले बताए । बैठक नबस्दा नीतिगत निर्णयदेखि बजेटसम्म प्रभावित हुने अवस्था आएको उनको भनाइ छ । 

पछिल्लो समय काठमाडौं महानगरपालिकामा मेयर शाह र अन्य जनप्रतिनिधिबिच दूरी बढेको छ । हालै मेयर शाहले जिम्मेवारी हेरफेर गर्दा पनि उनीहरुले त्यसलाई अस्वीकार गरेका थिए । मेयर एक्लै चल्न खोजेको र आफूहरुको सुझाव नै नसुन्ने गरेको उनीहरुको आरोप छ । 

उपमेयर डंगोलले नै सार्वजनिक रूपमा मेयरको आलोचना गर्दै आएकी छिन् । वडाध्यक्षहरुले पनि पछिल्लो समय मेयरसँग दूरी बढाएका छन् । 

मेयर शाहको सचिवालयले भने एमाले र कांग्रेसका वडाध्यक्ष तथा कर्मचारीले बालेनलाई असफल बनाउने प्रयास गरेको दाबी गरेको छ । मेयर शाहले प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई हटाउन बारम्बार पत्र लेख्दा पनि सरकारले मानेको छैन । मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच नै बोलचाल नहुँदा महानगरमा समस्या बढ्दै गएको छ ।