१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Wednesday, 28 May, 2025
२o८२ जेठ १३ मंगलबार २२:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनीका सात स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयन सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार २२:o९:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातवटा स्थानीय तहबिच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता भएको छ । सम्झौताअनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारीः कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी’ कार्यक्रम सञ्चालन हुनेछ ।

पाल्पाको तानसेन नगरपालिकामा ‘तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम,’ रुपन्देहीको मायादेवी गाउँपालिकामा ‘स्मार्ट मायादेवी,’ प्युठानको सरुमारानी गाउँपालिकामा ‘डिजिटल विद्यालय कार्यक्रम,’ नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा ‘पर्यटन होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम,’ गुल्मीको छत्रकोट गाउँपालिकामा ‘सूचना प्रविधिमैत्री शिक्षा’ र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा ‘विद्युतीय सुशासनका लागि ई–सिफारिस सर्भिस सेन्टर’ कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्झौता प्रदेश कार्यक्रम व्यवस्थापक र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबिच गरिएको हो । प्रदेश सरकार र सातवटा स्थानीय तहबिच नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरण र प्रदेशलाई आत्मनिर्भर तथा सक्षम बनाउने उद्देश्यले नवप्रवर्तन योजना लागु गरिएको जानकारी दिए ।