१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
फाइल तस्बिर
२o८२ जेठ १२ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इमेज सहकारी ठगी प्रकरण : मुख्य आरोपी देवकुमार नेपालीलाई थुनामा राख्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १८:२o:oo

पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई थुनामा पठाउने आदेश दिएको हो।

बागलुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदालतले बयान लिएको थियो। आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।

सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसमेत १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै नेपालीसँगै १५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।

नेपाली हाल बागलुङ जिल्ला अदालतको आदेशपछि बागलुङ जिल्ला कारागारमा छन्।