१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १२ सोमबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीका अराजक अभिव्यक्तिप्रति कांग्रेस मौन रहनु दुःखद : शंकर भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १७:५५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रजातन्त्रप्रतिको उपहास गर्दै प्रधानमन्त्रीले शान्तिपूर्ण रूपमा भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाउने नागरिकका नैसर्गिक अधिकारविरुद्ध अराजक अभिव्यक्ति दिएको भन्दै भण्डारीले अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते नेकपा एमालेका कार्यकर्ताहरूलाई काठमाडौं नियन्त्रणमा लिन भनी हिजो आइतबार दिएको निर्देशन घोर आपत्तिजनक अभिव्यक्ति हो। संविधान, मानव अधिकार, विधिको शासनविरुद्ध देशको प्रधानमन्त्रीको अभिव्यक्ति आउनु यो खेदजनक घटना हो,’ पूर्वमन्त्रीसमेत रहेका भण्डारीले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिप्रति कांग्रेस मौन रहेकोमा समेत उनले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीका अराजक अभिव्यक्तिमा लगाम लगाउन नसके यसमा कांग्रेसको समेत समर्थन रहेको गलत सन्देश जाने उल्लेख गर्दै भण्डारीले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन्।

‘नेपाली कांग्रेस पार्टी प्रधानमन्त्रीलाई लगाम लगाउन सकेन र निरन्तरसँग प्रधानमन्त्री यसरी नै अराजक अभिव्यक्ति दिइरहँदासमेत नेपाली कांग्रेस प्रधानमन्त्रीलाई सचेत गराउँदैन भने प्रधानमन्त्रीका अभिव्यक्तिमा नेपाली कांग्रेसको पनि समर्थन रहेको भनेर जनतामा गलत सन्देश जाने भएकाले नेपाली कांग्रेसले प्रधानमन्त्रीको हिजोको अराजक अभिव्यक्ति भर्त्सना गर्दै शीघ्र वक्तव्य जारी गर्नसमेत माग गर्दछु,’ उनले भनेका छन्।