१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाकारान्डा फूलको संरक्षण गर्दै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

ललितपुर महानगरपालिका– १४, स्थित चक्रपथवरपर वैजनी रङको जाकारान्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फुल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्नलायक हुन्छ। चक्रपथवरपर ढकमक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भिडभाड हुने गरेको ललितपुर महानगरपालिका– १४, का वडाध्यक्ष अमृत महत बताउँछन् । उनी भन्छन्, ‘हरेक वर्ष यस याममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।’

एकै रङमा फूल्ने जाकारान्डाको इतिहास राणाकालीन समयदेखिको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन्। चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ । 

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकारान्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए। उनले भने, ‘जाकारान्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको संख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौँ ।’ बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भिडभाड हुने गरेको छ । 

वसन्त ऋतुमा एकै रङमा ढकमक्क फूलेको जाकारान्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृश्य अवलोकन गर्न आएका निर्मल लामा बताउँछन् ।ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौंं उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौंं झन् सुन्दर देखिने उनको  भनाइ छ ।