१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँदिल्ली
Invalid date format o७:५७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पाकिस्तानले हानेका क्षेप्यास्त्र निष्क्रिय पारिएको भारतको दाबी  

Read Time : > 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format o७:५७:oo

पाकिस्तानले जम्मु कस्मिर, पन्जाब र गुजरातलगायत भारतका उत्तरी र पश्चिमी भागका १५ सहरका सैन्य प्रतिष्ठानलाई लक्षित गरेको तर तिनलाई निस्तेज बनाइदिएको भारत सरकारले दाबी गरेको छ । भारत सरकारका अनुसार पाकिस्तानले श्रीनगर, पठानकोट, अमृतसर, लुधियाना, चण्डीगढ र अन्य स्थानमा सैन्य प्रतिष्ठानलाई लक्षित गरी ड्रोन र मिसाइल हानेको थियो ।

तर, भारतीय सेनाले तिनलाई नष्ट गरी लाहोरसहित धेरै स्थानमा पाकिस्तानी वायु रक्षा राडार र प्रणालीमा प्रहार गरेर निष्क्रिय पारिदिएको नयाँ दिल्लीले बताएको छ । पाकिस्तानको आक्रमणपछि हिमाञ्चल राज्यको धर्मशाला मैदानमा भइरहेको आइपिएल खेल रद्द भएको थियो । 

स्रोतहरूले भारतीय समाचार एजेन्सी एएनआईलाई बताएअनुसार भारतले आफ्ना सहरमा लक्षित क्षेप्यास्त्र खसाल्न रुसी–निर्मित एस–४०० प्रतिरक्षा प्रणाली प्रयोग गरेको थियो भने पाकिस्तानी वायु रक्षालाई नष्ट गर्न हार्पी ड्रोन प्रयोग गरेको थियो ।

नष्ट गरिएका पाकिस्तानी ड्रोन र क्षेप्यास्त्रको भग्नावशेष संकलन भइरहेको भारतीय अधिकारीले बताएका छन् । भारतीय सेनाले पाकिस्तानका चार र पाकिस्तान प्रशासित कस्मिरका पाँच आतंकवादी शिविरमा हमला गरेको एक दिनपछि पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाहीको प्रयास गरेको हो ।

भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिएर बुधबार राति १.०५ बजेदेखि २५ मिनेटसम्म सैन्य कारबाही गरेको थियो । भारतले अप्रिल २२ मा कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएको प्रतिक्रियामा ‘अप्रेसन सिन्दुर’ चलाएको हो । भारतले अप्रेसनका लागि छनोट गरेका लक्ष्यमा पाकिस्तानको पन्जाब प्रान्तको मुरिदकेसमेत समावेश थियो, जहाँ लस्करको मुख्यालय र एक प्रशिक्षण शिविर भएको बताइन्छ । सैन्य अप्रेसनपछि भारतले पाकिस्तानलाई सूचना दिँदै भारतीय सैन्य लक्ष्यमा कुनै आक्रमण भए थप हमलाको चेतावनी दिएको थियो । 

भारतको चेनावतीका बाबजुद पाकिस्तानले सीमा क्षेत्रमा गोलीबारीलाई बढाएको छ । भारत सरकारका अनुसार कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी क्षेत्रमा सीमापारिबाट भएको मोर्टार अहिलेसम्म १६ जना नागरिक मारिएका छन् । मृत्यु हुनेमा तीन महिला, पाँच बालबालिका र एकजना भारतीय सैनिक रहेको मारिएको बताइएको छ । 

(एनडिटिभीबाट)