१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा एक सय ५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन्। 

महासंघका अनुसार उक्त अवधिमा दुईजना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए। यस्तै, पेसागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन्। पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ। 

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले उक्त तथ्य सार्वजनिक गरेको हो। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

महासंघले गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार संकलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती,  घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ ।