१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 07 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १२:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमावासीसँग सम्बन्ध जोड्दै सशस्त्र प्रहरी

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै  सीमावासीसँग सम्बन्ध जोड्न सशस्त्र प्रहरीले कपिलवस्तुमा विभिन्न  कार्यक्रम सञ्चालन गरेको छ। सीमा क्षेत्रको हरेक गतिविधिहरू नियाल्ने सशस्त्र प्रहरीले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सो कार्यक्रम आयोजना गरेको हो।

जिल्लाको करिब ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको र यसका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रकावासीहरूसँग समन्वय र सम्बन्ध बढाउन अन्तर्क्रिया, सचेतनामूलक कार्यक्रम र सामाजिक कार्यक्रम थालेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडर्क्वाटरअन्तर्गत रहेको बिओपीहरूको अगुवाइमा सीमा क्षेत्रका नागरिकहरूसँग सम्बन्ध बढाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए। सीमावासीहरूसँग समुधुर सम्बन्ध स्थापित गरी सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको केसीको भनाइ छ।

नेपाल प्रहरीकाे जस्तो सशस्त्र प्रहरीकाे जनतासँग सीधा जनसम्पर्क नहुने हुनाले काम गर्न समस्या आउने गरेको भन्दै केसीले जनतासँग हातेमालो गरी समन्वय गर्न यस्ताे कार्यक्रम प्रभावकारी हुँदै गएको बताए। सशस्त्र प्रहरीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न स्वास्थ्य शिविर, खानेपानीकाे धारा जडान, प्रतीक्षालय निर्माणलगायतको कामलाई अहिले प्राथमिकता दिएको छ।

यस्ता कार्यक्रमले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित हुने र सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सीमा सुरक्षाका लागि जनताबाटै विभिन्न सूचनासमेत संकलन गर्नसमेत सहज भएको केसीको भनाइ छ। 

नि:शुल्क आँखा शिविर सञ्चालन

सशस्त्र प्रहरीले जनतासँग प्रत्यक्ष सम्बन्ध बढाउनको लागि नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ। गत वैशाख १६ गते महाराजगन्ज नगरपालिका वडा नम्बर १० हर्दौनामा इब्राहिम हेल्थ क्लिनिक तौलिहवाको समन्वयमा गरिएको नि:शुल्क आँखा शिविरमा १६० जनाको आँखा परीक्षण गरिएको थियो।

यस्तै, सोही पालिको वडा नम्बर-८ हर्दौनामा सिद्धार्थ नेत्रालय तौलिहवाको समन्वयमा गरिएको आँखा शिविरमा १२५ जनाको आँखाको जाँच गरिएको थियो। यस्तै, विजयनगर गाउँपालिका वडा नम्बर-५, डालपुर र वडा नम्बर-६, उज्जवलपुरमा रहेका विद्यालयहरूमा भित्तेचित्रमार्फत प्रारम्भिक अक्षर चिनाउने र पढाइप्रति लागाव बढाउन भित्तेलेखन कार्यसमेत गरिएको थियो।