मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Friday, 28 August, 2026
२o८२ बैशाख १६ मंगलबार २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार

मदिराले मातेर आफ्नै घाँटी रेट्दा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार २१:oo:oo

बान्नीगढी जयगढ गाउँपालिका–३, जाल्तोलाका ४० वर्षीय गणेश लुहारले मदिराले मातेको अवस्थामा आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ। हँसियाले आफ्नै घाँटी आधा काटेको अवस्थामा उनलाई फेला पारिएको हो। 

गम्भीर अवस्थामा फेला परेपछि उनलाई स्थानीयले तत्कालै उपचारका लागि बयलपाटा अस्पताल लगेका थिए। बयलपाटा अस्पतालले पनि उनलाई रेफर गरेको थियो। यही क्रममा धनगढी लैजाँदै गर्दा मंगलबार बिहान डोटीको गैरामा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार मृतक लुहार लामो सयमदेखि मदिराको कुलतमा थिए। जसका कारण उनी मानसिक विचलनमा थिए। आफ्नै घाटी रेट्नुअघि उनले मदिरा सेवन गरेको पुष्टि भएको डिएसपी भण्डारीले बताए। ‘मदिराले मातेर आफ्नै घाँटी रेटेको देखिन्छ,’ उनले भने, ‘यो घटनाको मुख्य कारण मदिरा हो।’