मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Friday, 14 August, 2026
२o८२ बैशाख ८ सोमबार २१:१९:oo
Read Time : < 1 मिनेट
समाचार

पौडी खेल्न गएका तीन बालक दानव नदीमा बेपत्ता, एकको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार २१:१९:oo

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीनजना बालक डुबेर बेपत्ता भएकोमा एकजनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार सोमबार दिउँसो १ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय तीनजना बालक डुबेर बेपत्ता भएका थिए।

स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन नदीमा बेपत्ता भएका थिए। त्यसमध्ये राजन यादवको शव साँझ करिब ६ बजेतिर फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। दानव नदीमा पौडी खेल्ने क्रममा बालकहरू डुबेर हराएको खबर पाएपछि प्रहरीसहितको टोलीले खोजतलास तीव्र पारेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रवक्ता कार्कीले घटनाको विवरण  प्राप्त हुनासाथ प्रहरीका विभिन्न कार्यालयबाट प्रहरी टोली खटिएको थियो।