१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्तिसुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव हुँदैन : नवनियुक्त प्रहरी महानिरीक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले शान्तिसुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनले आज यहाँ आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई, स्वागत एवं छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव छैन। समुदायसँग हातेमालो गर्न आवश्यक छ ।’

देशको शान्तिसुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने उनको भनाइ थियो । प्रहरीको जनशक्ति जनताको तुलनामा कम भएकाले यसलाई बढाउन पहल गरिने उनले बताए। चितवनको विभिन्न स्थानमा अस्थायी प्रहरीचौकीको आवश्यकता रहेको बताउँदै उनले यहाँका जनता र व्यवसायीको सुरक्षाका लागि आफू सधैँ सचेत भएको बताए ।

संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षहरू उत्तमलाल चुके, राजन गौतम, राजु श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले जिल्लामा उद्योग व्यवसाय गर्न सक्ने गरी सुरक्षा प्रबन्ध गर्न आग्रह गरेका थिए।