१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री खनालको अपिल– राजतन्त्रवादको भण्डाफोर गर्दै समाजवादी गणतन्त्रको दिशामा अघि बढौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद भएको बताएका छन् । बुधबार अपिल जारी गर्दै खनालले २००६ सालदेखि नै गणतन्त्र, जनवाद र समाजवादको झन्डा उचालेर अघि बढ्दै आएका सम्पूर्ण वामपन्थी क्रान्तिकारीहरूले देश र जनताको भविष्यलाई नयाँ धरातलबाट सोच्ने वेला आएको औँल्याएका छन् । 

‘विगतको समीक्षा गरौँ, हिजो भएका  कमीकमजोरीहरू हटाऔँ, समाजवाद प्राप्तिको कार्यदिशाका आधारमा सम्पूर्ण सच्चा वामपन्थी शक्तिहरू, देशभक्तहरू र गणतन्त्रवादीहरूलाई एकताबद्ध बनाऔँ, राजतन्त्रवाद र यथास्थितिवादको विरोध र भण्डाफोर गदैँ समाजवादको दिशातिर दृढतापूर्वक अघि बढौँ र देश तथा जनतालाई अघि बढाऔँ । आज समयले हामीलाई यहि दिशामा अघि बढ्न ललकारिरहेको छ,’ खनालले भनेका छन्, ‘गणतन्त्र स्थापनापछि जनताको अवस्थामा सुधार गर्न नसकेकोप्रति जो जिम्मेवार छन् उनीहरूले जनतासमक्ष आत्मआलोचना गरौँ ।’

क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यमा व्यापक परिवर्तन, रोजगारीको विकास, राष्ट्रियतालाई सुदृढ गर्नेलगायतका आर्थिक–सामाजिक सुधारका योजना र कार्यक्रम तत्काल घोषणा गर्नुपर्ने आवश्यकता खनालले औँल्याएका छन् । राजतन्त्रवादीहरूका वितण्डताहरूको देशव्यापी रूपमा विरोध, आलोचना र खण्डन गर्दै नेपाली इतिहासको रथलाई वैज्ञानिक समाजवादतिर अघि बढाउन उनले अपिल गरेका छन् ।