मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण १ बिहीबार
  • Friday, 28 August, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १ बिहीबार १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै अभियन्ताले बुझाए दुई बोरा नागरिकताको फोटोकपी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १ बिहीबार १६:३१:oo

अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध आन्दोलनरत अभियन्ताहरूले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बुझाएका छन्।

‘दलितका लागि दलित’ अभियानका अभियन्ता खगेन्द्र सुनारसहितको टोलीले बिहीबार दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएका हुन्।

गृहमन्त्री रमेश लेखकले दलित हिंसा गरेको भन्दै उनीमाथि कारबाहीको माग गर्दै अभियन्ताहरूले प्रतीकात्मक आन्दोलन गरेका हुन्। घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो ।