
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा ऊर्जामन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै आपत्ति जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकले विद्युत् प्राधिकरणले लाइन काट्ने निर्णय गर्दा ऊर्जामन्त्रीले कार्यालयमै कार्यकक्ष बनाएर बसेकोमा आपत्ति जनाएको हो । प्राधिकरणको काममा अवरोध सिर्जना गरेर इतिहासमै नभएको काम ऊर्जामन्त्री दीपक खड्काले गरेको माओवादीले आरोप छ ।
ऊर्जामन्त्री खड्का बुधबारदेखि प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएर बसेका छन् । माओवादीले सरकारले विद्युत् प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोपसमेत लगाएको छ। सरकार बिचौलिया र भ्रष्टाचारीलाई जोगाउने काममा लागेको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आरोप लगाए। ‘विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने भनिरहेको छ । त्यसमा मन्त्रीले नै इतिहासमै कहिल्यै नभएको विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर बसेर प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम भएको छ । यस अर्थमा वास्तवमा सर कार ले बिचौलिया र भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ। यसका विषयमा पनि व्यवस्थित ढंगले खबरदारी गर्नेछौँ,’ सापकोटाले भने ।
माओवादीले एक्लै निर्वाचनमा जाँदा जनताले स्विकारेको निष्कर्ष निकालेको छ। पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सन्तोषजनक रूपमा लिँदै आगामी परिणामका लागि रणनीतिक रूपमा अघि बढ्ने निर्णय गरेको छ । मिसन ०८४ लक्षित कार्यक्रम अघि बढाउने माओवादीको तयारी छ। बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाबारे छलफल भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । उपनिर्वाचनले पार्टीबारे राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष बैठकले निकालेको उनको भनाइ छ। एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्विकारेको उनले दाबी गरे । ‘स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाबारे पनि छलफल भयो । अरू समसामयिक विषयमा पनि छलफल भएको छ । उपनिर्वाचनले निकै राम्रो सन्देश प्रवाह गरेको छ । अहिले हामी जनतामा एक्लै चुनावमा गयौं ।
जनताले पनि अनुमोदन गरेका छन् । हाम्रो पार्टी ०६४ पछि एकताबद्ध भएर जनतामा गयो । त्यसले निकै सकार ात्मक नतिजा दिएको छ । प्रारम्भिक समीक्षामा धेरै उत्साहवद्र्धक र धेरै महत्वपूर्ण आधार थपिएका छन्,’ उनले भने । ०६४ पछि एकताबद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको माओवादीको निष्कर्ष छ । समस्यामा परेका जनतालाई राहत मिल्ने गरी माओवादी अघि बढ्ने सापकोटाले बताए। सरकारले जनहितमा काम गर्न नसके को दाबी गर्दै उनले खबरदारी गरिरहने बताए । आगामी निर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने गरी रणनीतिक यो जना बनाउने सचिव चक्रपाणि खनालले बताए।