१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस पर्सा
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज भन्सारबाट निर्यात वृद्धि

Read Time : < 1 मिनेट
रासस, पर्सा
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

मुलुकका अन्य भन्सारका तुलनामा वीरगन्ज भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा रु. ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन्। वीरगन्ज भन्सारले मात्र रु. १२ अर्ब १२ करोड २१ लाख ३१ हजारबराबरका वस्तु निर्यात गरेको छ। 

वीरगन्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ। सुक्खा बन्दरगाहबाट रु. एक अर्ब ५१ करोडबराबरका सामान निर्यात भएका छन्।

यसैबिच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु. १२ अर्ब ३५ करोड ३९ लाख १४ हजारबराबरका वस्तु निर्यात गरेको जनाएको छ।