मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 28 August, 2026
२o८१ कार्तिक २३ शुक्रबार १५:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवादबिच पाथीभरामा केबलकार शिलान्यास गर्न खाेज्दा झडप [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १५:२८:oo

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेका स्थानीयबिच शुक्रबार झडप भएको हो। झडपमा सुरक्षाकर्मीसहित कम्तीमा चारजना घाइते भएका छन्।

केबलकार बनाउन नदिने पक्षका चन्द्र मादेन घाइते भएका प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ।

केबलकार निर्माण क्षेत्रमा एक्स्काभेटर लैजाने विषयमा विवाद भएको हो। निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले काफ्लेपाटीबाट एक्स्काभेटर लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेकाे थियाे। त्यसपछि प्रहरीले एक्स्काभेटरको चाबी लिएको थियो।

प्रहरीसँग चाबी माग्दै आन्दोलनरत पक्षले विरोध जनाएको थियो। सोही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो।

हेर्नुस् भिडियाे :