१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलको प्रसारण गर्न स्टार स्पोर्टस् इच्छुक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण गर्न भारतीय चर्चित टेलिभिजन स्टार स्पोर्टस् इच्छुक देखिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ आयोजना गर्न लागेको एनपिएल पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्टस् नेटवर्क इच्छुक देखिएको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकले जनाएको छ।

‘नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ। हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौँ। एनपिएललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण अत्यन्त महत्त्वपूर्ण हुन्छ। यही कारणले हामी विश्वस्तरीय उत्पादन र प्रसारणसम्बन्धी अनुभवी कम्पनीहरूसँग छलफलमा थियौँ। स्टार स्पोर्टससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ। हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्नेछौँ।’

आठ टिम सहभागी लिग १५ मंसिरमा सुरु भएर ६ पुसमा समाप्त हुनेछ।