मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Friday, 14 August, 2026
तस्बिर : एपी।
२o८१ भदौ २९ शनिबार १७:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार १७:४o:oo

गाजा सहरको एउटा घरमा शनिबार बिहान भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ। 

‘पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ,’ गाजाको नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले भने।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालयनजिकै आक्रमण भएको उनले बताए। ‘उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्,’ बस्सलले भने। इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताए।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालयनजिकै मानिसको भिडमा हवाई आक्रमण हुँदा पाँचजनाको मृत्यु भएको उनले जानकारी दिए।

त्यसैगरी, दसाैँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीनजनाको मृत्यु भएको छ। (रासस / एएफपी)