मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० महिनादेखि वडाध्यक्ष वैदेशिक रोजगारीमा गएपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ सिकैँचाका वडाध्यक्ष १० महिनादेखि वैदेशिक रोजगारीका लागि बिदेसिएपछि तत्काल खोजी गरिदिन भन्दै स्थानीयले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्। वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएका गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले जानकारी दिए । 

विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडावासीले खोजी गरेपछि उनी वैदेशिक रोजगारीमा गएको पत्ता लागेको हो। वडावासीले वडाध्यक्ष बोखिमको खोजी गरिदिन गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकार गुहारेका छन्।

सिकैँचाका स्थानीय सातजना शक्तिलाल पौडेल, अमित काङ्भा, मणिकुमार लिम्बू, निर्मलकुमार यवागु, छत्र काङ्भा र छविलाल निरौलाले संयुक्त ज्ञापनपत्र गाउँपालिका कार्यालयमा बुझाउँदै वडाध्यक्ष बोखिमको खोजी गरिदिन आग्रह गरेका हुन्। कार्यवाहकको भरमा १० महिनादेखि वडा कार्यालय सञ्चालन हुँदा वडामा समस्या उत्पन्न भएको विज्ञाप्तिमा उल्लेख गरिएको छ। 

वडाध्यक्षको खोजीका लागि संयुक्त रूपमा गाउँपालिकामा ज्ञापनपत्र  बुझाइएको छ । ज्ञापनपत्रमा वडाध्यक्ष लिम्बू २०८० साल कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित रहेको उल्लेख छ। वडाध्यक्ष बोखिमको अनुपस्थितिमा वडासदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

वडाध्यक्ष नहुँदा वडामा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको कामकारबाही प्रभावित भइरहेको उनीहरूले ज्ञापनपत्रमा उल्लेख गरेका छन्। गाउँपालिका कार्यालयमा बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई उपस्थित हुने अवस्था नरहेमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वडावासीको भनाइ छ । ०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर बोखिम वडाध्यक्षमा निर्वाचित भएका थिए ।