१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानी मन्त्रीको गुनासो– अर्थले फाइल खोल्न आलटाल गर्छ, सीधा प्रधानमन्त्रीसँग कुरा राख्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै यस लक्ष्यलाई हासिल गर्न निरन्तर मेहनत गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयमा आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

‘शुद्ध खानेपानी जनताको अधिकार हो, यसलाई सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौँ,’ उनले भने। चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको उल्लेख गर्दै मन्त्री यादवले यसले गर्दा मुलुकभर खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको औँल्याए।

‘मधेशमा चुरेको दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्, जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ। यो समस्याको समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ,’ उनले भने।

बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘अर्थ मन्त्रालयले पठाइएका फाइलहरू खोल्न आलटाल गर्छ। फाइल नखोल्दा खानेपानीका महत्त्वपूर्ण परियोजनाहरू अघि बढ्न सकेका छैनन्, यस विषयमा म प्रधानमन्त्रीज्यूसँग सीधा कुरा राख्नेछु।’

मन्त्री यादवले आगामी दिनमा जलवायु परिवर्तन र बजेट अभावले थप चुनौतीहरू उत्पन्न गर्न सक्ने भन्दै सबै क्षेत्रबाट सहकार्यको आवश्यकता रहेको बताए।