मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ६ बिहीबार o७:३४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. लोकराज बराललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार o७:३४:oo

परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ ?
यो एउटा सामान्य गुडविल भ्रमण हो । तर, यताबाट परराष्ट्रमन्त्री जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिनुले भारतको फरक ‘जेस्चर’ भने देखाएको छ । हुन त परराष्ट्रमन्त्री आफ्नो नियमित स्वास्थ्योपचारका लागि निजी भ्रमणमा जान लाग्नुभएको थियो । त्यो थाहा पाएपछि भारतले त्यसलाई आफ्ना तर्फबाट औपचारिक स्वरूप दिएको हो । प्रधानमन्त्री मोदीसितको भेटघाटमा विदेशमन्त्रीसहित भारतीय उच्च अधिकारीहरूको उपस्थितिलाई लिएर भ्रमणलाई बढी महत्व दिइएको रूपमा चर्चा गरिँदै छ । तर, भ्रमणमा पुरानै विषयमा सामान्य ‘रिपोर्टिङ’ भएजस्तो मात्र देखिन्छ । नयाँ कुनै विषयमा सहमति, सम्झौता भएको देखिन्न । 

भारत सरकारले त अलि बढी नै महत्व दिएको जस्तो देखिन्छ नि ?
यस तर्कमा मनोवैज्ञानिक प्रभावले बढी काम गरेको देखिन्छ । ‘छिमेक पहिलो’ भन्ने भारतको पुरानै नीति हो । पाकिस्तानपछि अहिले बंगलादेशसँग पनि उसको सम्बन्ध बिग्रेको अवस्था छ । सानो मुलुक मालदिभ्ससित पनि सम्बन्ध सहज छैन । यस्तो अवस्थामा नेपालसँग सदाशयता देखाइएको हो । तर, यसको ठुलो ‘कूटनीतिक भ्यालु’ चाहिँ छ जस्तो लाग्दैन । 

नेपाली पक्षको प्रस्तुति अलि फितलो देखिएन र ?
यो तयारीविनाको भ्रमण थियो । परराष्ट्रमन्त्रीको स्वास्थ्य परीक्षण मुख्य विषय थियो । यस्तोमा भारत सरकारले औपचारिक भ्रमण बनाइदिएको मात्र हो । त्यसैले, हाम्रा तर्फबाट कुनै तयारी भएकै थिएन । तयारी भएको भए प्रधानमन्त्री मोदी, समकक्षी भारतीय विदेशमन्त्रीलगायत उच्च अधिकारीलाई भेटिसकेपछि त्यहाँका विपक्षी दलका नेता राहुल गान्धीलाई पनि भेट्नुपथ्र्यो । त्यति गर्न सकेको भए, त्यसको छुट्टै महत्व हुने थियो ।