मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका महोत्तरी
२o८२ भदौ २३ सोमबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार

होनाहार युवाहरूको सरकारले हत्या गर्‍यो : तमलोपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १९:४o:oo

तराई–मधेश लोकतान्त्रिक पार्टीले शान्तिपूर्ण अन्दोलनमा सहभागी जेनजी पुस्ताका युवायुवतीमाथि सरकारले अनावश्यक दमन र हत्या गरेको जनाएको छ । सोमबार तमलोपाका केन्द्रीय अध्यक्ष  चन्दलाल (वृषेशचन्द्र लाल)ले विज्ञप्ति जारी गर्दै राज्य व्यवस्था र शासनमाथि सिमित शासक समूहको कब्जा, अनियन्त्रित भ्रष्टाचार र राज्यका अंग तथा निकायहरूमा भागबण्डा शैलीको बाँडफाँडका कारण सृजित अन्तहीन अव्यवस्थाले उत्पन्न आक्रोश र परिस्थितिविरुद्ध उन्पन्न जेनजीको आन्दोलनमा सरकारी दमनकै कारण होनहार युवकहरूको हत्या भएको जनाएको छ । उक्त घटनाले तमलोपा दुःखी र स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ– यस्तो अप्रिय घटनाको कारण लोकतन्त्र र संघीयताको मर्म विपरितको शासन तथा आमजनको अभिव्यक्तिको स्वतन्त्रता मास्न खोज्ने मानसिकता नै हो । आम जनतालाई स्वतन्त्र र सहज अभिव्यक्ति, संवाद तथा सूचना प्रवाहको अवसर दिइरहेका सामाजिक सञ्जालहरू बिना कुनै विकल्प र चित्तबुझ्दो तयारीको बन्द गर्ने निर्णयले गर्दा नै देशले यति ठूलो क्षति बेहोर्नु परेको छ । सरकार र सरकारको नेतृत्व गर्नेले यसको जिम्मेदारी बोक्न पर्छ ।

एमाले र कांग्रेसको गठबन्धन सरकार भ्रष्टाचारको संरक्षकको रुपमा उभिएको र अभिव्यक्तिको मौलिक अधिकार निरन्तर नियन्त्रित गर्दै जाने रणनीति अख्तियार गरेको हुनाले परिस्थिति उत्पन्न भएको तमलोपमा ठहर छ । त्यसकारण, तत्काल सामाजिक सञ्जालहरु खुला गरिनु पर्ने र भ्रष्टाचार नियन्त्रणको निमित्त राष्ट्रिय रणनीति तयार गरी स्वच्छ शासनको निमित्त मार्ग प्रशस्त गर्नु पर्ने माग गरेको छ ।