मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २३ सोमबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुरमा गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २o:o२:oo

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलनमा प्रहरीले नाबालकमाथि समेत गोली बर्षाएर निहत्था नागरिकको हत्या गरेको भन्दै कन्चनपुरमा गृहमन्त्री र प्रधानमन्त्रीको राजिनामा मागिएको छ । 

माओवादी कञ्चनपुरले महेन्द्रनगरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित राजीनामा गरेका हुन् । 

जेनजी आन्दोलनमा सरकारले नाबालक विद्यार्थीको टाउकोमा गोली प्रहार गरेर हत्या गरेको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला दहन गरेको माओवादी नेताहरूले बताएका छन् । 

माओवादी नेतृ माया नेगीले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो आन्दोलनमा छानिछानी टाउँको मै गोली प्रहार गरेको हुँदा विरोधस्वरुप गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन गरेको बताए । 

‘यो सरकारले आफ्नो नैतिकता गुमाइसकेको छ, यसबाट नागरिकले केही पाउनुभन्दा पनि झन दुःख मात्रै पाउँछन्,’ उनले भने, ‘जति यो सरकार रहन्छ, त्यति नागरिकले ज्यान गुमाउँनुपर्छ, त्यसैले यो सरकारको बिदाई गर्नुको विकल्प छैन ।’ उनले अब यो मन्त्री र प्रधानमन्त्रीको राजीनामा भन्दा सिँगै सरकार ढाल्नुपर्ने बताइन् । 

अखिल क्रान्तिकारी कन्चनपुरका विद्यार्थी नेता दलबहादुर धामी(अविरल)ले शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले आन्दोलनमा उत्रिएका जेनजी समूहका युवालाई उत्तेजित बनाएर आन्दोलन भड्काएको बताए । ‘यो आन्दोलनमा छानिछानी सडकमा किताब बोकेर विद्यालय गइरहेका र विद्यालयबाट घर फर्किन लागेका विद्यार्थीको टाउमा छानिछानी गोली प्रहार गरिएको छ ।’