मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रगत अभाव हुन नदिन मन्त्रालयले हेल्पलाइन १११५ चौबिसै घण्टा चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १९:४५:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरूलाई परिपत्र गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरूको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो। बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ।

सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ।

रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन
मन्त्रालयले घाइतेहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन ‘हेल्लो स्वास्थ्य’लाई २४सै घण्टा चलाउने भएको छ। कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भए १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सक्रियता
मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्थासमेत मिलाएको छ। काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको छ।

मन्त्रालयले सबै चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि आह्वान गरेको छ।