
भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गाली चलाउँदा १९ जनाले ज्यान गुमाएका छन्। गोली लागेर करिब दुई सय जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रहरीबाट प्राप्त विवरण अनुसार १९ जनाको मृत्यु र २ सय जना हाराहारी घाइते भएको जानकारी दिए। आन्दोलनले उग्र रुप लिएपछि काठमाण्डौं, ललितपुर, रुपन्देही, कास्की लगायतका जिल्लाका संवेदनशिल क्षेत्रमा कप्र्यु जारी गरिएको छ ।घाइतेमध्ये ४० जना भन्दा धेरैको अवस्था गम्भीर छ।
प्रर्दशनमा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंको नयाँबानेश्वरमा भएको आन्दोलनमा १७ जनाको मृत्यु भएको छ । सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले काठमाण्डौंबाट ४० जना प्रर्दशनकारीलाई पक्राउ गरेको जनाएको छ ।