१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : राेयटर्स
रासस जेनेभा
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा सरकारी सेनाको अनुपस्थितिमा नै युद्धविराम वार्ता सुरु हुने

Read Time : < 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

सुडानी सरकार नरहने भए पनि अमेरिकी मध्यस्थतामा सुडान युद्धविराम वार्ता सुरु हुने भएको छ। सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताएका छन्।

सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच युद्ध चलिरहेको छ।

आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्दकोठामा हुने वार्ताका लागि स्विट्जरल्यान्डमा छ। तर, सरकारनिकट सुडानी सशस्त्र बल (एसएएफ)ले निमन्त्रणा स्वीकार गरेको छैन।

१० दिनसम्म चल्ने वार्ताका लागि साउदी अरब र स्विट्जरल्यान्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी संघ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसंघ पर्यवेक्षकका रूपमा उपस्थित छन्।

सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय संकट निम्त्याएको छ।

यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एकजना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दसाैँ हजारको मृत्यु भइसकेको छ। देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसंख्या भोकमरीको चपेटामा छ।

‘अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,’ पेरिएलोले भने, ‘अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन। यद्यपि, हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्प खोजी गर्न अघि बढ्नेछौँ। सरकारलाई अवसरको फाइदा उठाउन आग्रह गर्दछौँ।’