१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
फाइल तस्बिर
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्र अत्यन्तै निराश र त्रसित छ : विनोद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निजी क्षेत्र अत्यन्तै निराश र त्रसित बनेको बताएका छन् । सानेपामा जारी पार्टीको कार्यसमिति बैठकमा उद्याेगीसमेत रहेका चाैधरीले यस्तो धारणा राखेका हुन्।

‘८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिवेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दै छ भन्ने कुरामा अन्योल  छ। निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ,’  उनले भने।

वार्षिक डेढ लाखभन्दा बढी विद्यार्थी बिदेसिँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरिने गरेको उल्लेख गर्दै उनले भने, ‘देशको सबैभन्दा महत्त्वपूर्ण अंश जसको काँधमा भोलिको नेपालको जिम्मेवारी टिकेको छ, त्यो फर्केर नेपाल आउन चाहँदैन। जाने वेलामै नफर्किने मानसिकता बोकेर देश छोड्छ।’

भ्यालु चेन र सप्लाई चेन विखण्डित भएको तथा राजस्व र निर्यात घटेकोमा चिन्ता व्यक्त गर्दै चौधरीले राजस्वका दरलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साटो सरकार अन्य दलिलका आधारमा व्याख्या गर्ने काममा लागेकोमा असन्तुष्टि पाेखेका छन्।

नेपाली कांग्रेसको आर्थिक नीति स्पष्ट नभएको भन्दै चौधरीले समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने वेला आएको धारणाा राखे। चाैधरीले भने, ‘निजी क्षेत्रसँग, उत्पादकहरूसँग र किसानहरूसँगका हाम्रा अन्तरसम्बन्धका आधारहरू के–के हुन् ? हामीले बनाउन खोजेको नेपालको खाका कस्तो हो ? बेरोजगार युवाहरू, निराश जनता, मल नपाउने किसान, उद्योगधन्दा चलाउनै नसक्ने परिस्थितिबाट गुज्रिरहेका उद्यमी–व्यवसायीहरूका अगाडि कस्तो नेपालको खाका पस्किने हो ? त्यसको स्पष्ट दृष्टिकोण ल्याउने वेला भएन र ?’