१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार o५:५o:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वैशाख २० देखि २६ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o५:५o:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख २० गते शनिबारदेखि वैशाख २६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समाजिक कार्यमा संलग्न हुँदा पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने र नयाँ काममा सोचेजस्तै सफलता मिल्ने योग छ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । धन आर्जन पनि राम्रै हुनेछ । धेरैले भरोसा गर्ने योग भए पनि शुक्रबार विवाद तथा शत्रु बढ्ने र स्वास्थ्यमा संकट आउने, मित्र तथा परिवारबाट आलोचित हुनुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : व्यापारमा केही कठिनाइ आउनेछ । यात्रा गर्ने अवसर मिले पनि विवादको समाना गर्नुपर्ने देखिन्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । दाम मनग्य कमाउने अवसर मिल्ने योग छ  । घरेलु काममा सफलता मिल्नेछैन । भाग्य बलियो हुने, धर्ममा रुचि बढ्ने र सामाजिक क्षेत्रमा सुधार आउने योग छ । शत्रु पराजय हुनेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : सामाजिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । पराक्रम बढ्नुका साथै काममा सफलता मिल्ने, यात्रा तथा व्यापारमा लाभ हुनुका साथै भेटघाटमा प्रसन्नता बढ्नेछ । संयम हुँदै प्रयत्न गर्दा तपाईंको लगनशीलता र इमानदारिताको तारिफ गर्नेहरू धेरै हुनेछन् । पढाइमा सफलता मिल्नेछ  । नयाँ काम पाउने सम्भावना देखिन्छ । राज्यबाट सम्मान पाउने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : काममा उतारचढाव आउने योग छ । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । मातापिता र अभिभावकबाट महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : धन कमाउने अवसर मिल्नेछ । अरूको विश्वास आफूतिर बढाउन पनि सकिनेछ  । महत्वपूर्ण जिम्मेवारी आउनेछ । पढाइमा रुचि बढ्नेछ । बौद्धिकता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । राज्यबाट सम्मान पाउने योग छ । बोलीको प्रभावमा अरूको मन जित्न सकिए पनि परिवारबाट सहयोग भने मिल्नेछैन । साताको अन्त्यमा पारिवारिक, धार्मिक यात्रा जुरेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति तथा नोकरीमा सोचेअनुसार लाभ मिल्नेछ  । काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक यात्राको योग देखिन्छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :  प्रशंसनीय कार्य गर्ने अवसर मिल्नेछ । भेटघाटमा अरूबाट हुने प्रशंसाले मनमा खुसीको अनुभूति हुनेछ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकाले गरेका कामबाट आम्दानीका स्रोत प्रशस्त मात्रामा प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने भएकाले ठुला व्यक्तिसित अन्तक्र्रिया हुने र उनीहरूबाट सम्मान पाउने योग छ  । वैदेशिक कार्यमा महत्वपूर्ण सफलता हात पार्न सकिनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : साताको प्रारम्भमा घरायसी समस्याले घेर्नेछन् । प्रेम सम्बन्धमा उतारचढाव आउला । कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । गरेको काममा प्रशंसा पाइएला । नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा व्यापार बढ्नुका साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । सेयरबजारमा सोचेअनुसार सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साताको सुरुमा धार्मिक र सामाजिक काममा संलग्न हुँदै आयमूलक कार्यका लागि अघि बढ्ने अवसर मिल्नेछ । भाग्यले साथ दिने योग छ । ठुला व्यक्तिबाट मानसम्मान पाउने, परिश्रमबाट काम बन्ने तथा देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला । धन मनग्य कमाउने अवसर मिल्नेछ । प्रशंसा गर्नेहरू प्रशस्तै हुनेछन् । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : पढाइमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सोचेभन्दा राम्रोसँग अघि बढ्नेछ । बुधबारदेखि स्वास्थ्यमा संकट आउने र मनमा चिन्ता बढ्ने काममा बाधा सिर्जना हुनेछ । लेनदेनमा अघि नबढ्नु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ । विश्वासमा धोका हुने भएकाले विश्वासमा भन्दा प्रयासमा अघि बढ्नुहोला । शुभ हुनेछ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : साताको प्रारम्भमा अधुरा काम बन्नेछन् । शिक्षामा सोचेअनुसार सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । रमाइलो जमघटमा आफ्ना विचार राख्न पाइनेछ । बिहीबार र शुक्रबार केही समस्यामा परिनेछ । अनावश्यक झमेला आइलाग्न सक्छन् । विवाद बढ्ने र चोटपटक लाग्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : साताको प्रारम्भमा राम्रो प्रगति गर्न सकिनेछ । प्रतिष्ठित बुद्धिजीवीसँग भेटघाट गर्ने मौका मिल्नेछ । शैक्षिक क्षेत्र लाभदायक छ । व्यावसायिक कामबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जानेछन् । मुद्दासमेत किनारा लाग्नेछन् । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । तर, साताको अन्त्यमा पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउने योग छ ।