मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 27 August, 2026
रमेश रावल सुर्खेत
२o८१ श्रावण १९ शनिबार १६:२६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार १६:२६:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आउँदो सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

सुरुमा माओवादीसँगको सत्तागठबन्धनबाट मुख्यमन्त्री बनेका कँडेललाई केन्द्रमा सत्तासमीकरण बदलिएपछि यति वेला कांग्रेसको समर्थन प्राप्त छ।

मुख्यमन्त्री कँडेलले २१ साउन सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावका लागि प्रदेश सभा सचिवालयमा पत्राचार गरिसकेको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

केन्द्रमा कांग्रेस–एमालेको नयाँ सत्तागठबन्धन बनेपछि माओवादीले कर्णाली सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसैले कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त गर्न २१ सांसदको आवश्यक पर्छ। प्रदेश सभामा कँडेलको दल एमालेका १० र उनलाई समर्थन गर्ने दल कांग्रेसका १४ सांसद छन्। यसबाहेक माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका १–१ तथा एक स्वतन्त्र सांसद छन्।