Skip This
तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १८ शुक्रबार
  • Wednesday, 11 September, 2024
रासस ढोरपाटन
२o८१ श्रावण १८ शुक्रबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

Read Time : < 1 मिनेट
रासस, ढोरपाटन
नयाँ पत्रिका
२o८१ श्रावण १८ शुक्रबार १८:३८:oo

तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।

मंगलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० दब्ल्याङमा खसेको पहिरोको कारण करिडोर पूर्ण रूपमा अवरुद्ध भएको थियो।

मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन रोकिएका थिए।

पहिराेले सडकको छेउको भाग पूर्ण रूपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए। यस क्षेत्रमा ठूलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बारम्बार विच्छेद हुँदै आएको छ।