मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Saturday, 12 July, 2025
२o८१ श्रावण ८ मंगलबार १२:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

आर्थिक र भौतिक पूर्वाधार साटेपछि मन्त्रालयमा सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १२:५७:oo

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित कांग्रेसले सात र एमालेले ६ मन्त्रालय पाउने गरी मन्त्रालयको भागबन्डा टुंगिएको छ।

१३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, अन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति भएको छ।

यस्तै, एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाउने सहमति भएको छ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेस र आर्थिक मामिला तथा योजना मन्त्रालय एमालेले लिने सहमति भएकोमा दुवै दलको मंगलबार बिहान बसेको बैठकले मन्त्रालय परिवर्तन गर्ने सहमति भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए।

यस्तै, युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा देखिएको असहमति पनि कृषि मन्त्रालय एमाले र खेलकुद कांग्रेसले लिने गरी सहमति भएको उनले बताए।