मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Friday, 14 February, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ श्रावण ८ मंगलबार १२:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका बाढीपीडितलाई राहत 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १२:४५:oo

कञ्चनपुरका बाढीपीडितलाई राहत वितरण गरिएको छ। जिल्लामा चार पालिकामा रहेका बाढीपीडितलाई राहत वितरण गरिएको हो । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितलाई राहत वितरण गरेको छ। 

नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो समूहमा आबद्ध रहेका बाढीपीडित सदस्यहरूलाई मात्रै राहत वितरण गरेको हो। नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद यादवले विपतका वेला प्रभावित भएका संस्थाका ग्राहक सदस्यहरूलाई संस्थाबाट सक्दो खाद्यान्न एवं गैरखाद्यान्न राहत सामग्री वितरण गरिएको बताए । उनका अनुसार बेलौरी, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरका ३०७ बाढीपीडित परिवारलाई राहत खाद्यान्न वितरण गरिएको छ । 

भीमदत्त, दोधाराचाँदनी र बेदकोट नगरका २६५ परिवारलाई प्रतिपरिवार एक बोरा चामल, एक किलो दाल, एक लिटर खानेतेल, एक किलो नुनसहित एक त्रिपाल वितरण गरिएको छ भने बेलौरीका ४२ बाढीपीडितलाई त्रिपालबाहेक अन्य खाद्यान्न सामग्री वितरण गरिएको छ। नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यादवले विपत्, महामारीका वेला संस्थाबाट यसरी नै आफ्ना सदस्यहरूलाई अति आवश्यकीय वस्तु तथा खाद्यान्न सामग्री वितरण गर्दै आएको बताए । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडका सुडा कञ्चनपुरका शाखा प्रमुख मीना रिजालले लघुवित्तीय संस्थामा आबद्ध रहेका समूहका ग्राहक सदस्य जो बाढीपीडित भए उनीहरूलाई संस्थाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत सक्दो राहत वितरण गरिएको बताइन् । 

‘यो विपतका वेला हामीले हाम्रा ग्राहक सदस्यहरूको पीडा मनन गर्दै स्थानीय, संघीय सरकारसँग समन्वय गरेर पीडितलाई राहत वितरण गरेका छौँ,’ उनले भनिन्, ‘आगामी दिनमा पनि विपतका वेला ग्राहकका लागि सक्दो सहयोग गर्छौँ ।’ नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरिया कैलाली शाखा प्रमुख मनोज पण्डितले लघुवित्तबाट पीडितको घाउमा मल्हम लगाउने काम भएको बताए । उनले गत असार अन्तिम साता कैलाली, कञ्चनपुरमा आएको बाढीले पीडित भएका संस्थाका सदस्यहरूलाई केही दिनका लागि जीवनमा आइपर्ने समस्या टार्न राहत दिएको बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत सरिता पन्थीले संकटका वेला लघुवित्तमा आबद्ध भएका ग्राहक सदस्यहरूलाई वितरण गरिएको राहतले पीडितका दैनिक समस्यामा केही सुधारका लागि टेवा पुग्ने बताइन् । जनप्रतिनिधिले समेत नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट आफ्ना ग्राहक सदस्यहरूलाई राहत वितरण कार्यक्रम प्रभावकारी भएको बताएका छन् । 

बेदकोट नगर उपप्रमुख तुलसी जोशीले स्थानीयसहितका तीनै तहका सरकारले गर्न नसकेको काम लघुवित्तले गरेको भन्दै धन्यवाद प्रकट गरेकी छिन् । उपप्रमुख जोशीले संकटका वेला सरकारको मुख ताक्नुभन्दा सरोकारवाला पक्षले पीडितका लागि यसरी नै सहयोग गर्नुपर्ने बताइन् । राहत पाएपछि नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्य हर्षित भएका छन् । स्थानीय सरकारले पीडित भएको लामो समयसम्म पनि राहतका लागि वास्ता नराखेको अवस्थामा लघुवित्तबाट राहत पाएको भन्दै खुसी व्यक्त गरे।