मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Thursday, 05 December, 2024
२o८१ श्रावण ८ मंगलबार १२:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धुवाँमा निसास्सिएर जुम्लामा दुई दिदीबहिनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १२:३८:oo

आगोको धुवाँमा निसास्सिएर जुम्लामा सुत्केरीसहित दुईजना दिदीबहिनीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो गर्न बालिएको आगोको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका– ६ बाँता गाउँकी ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिका– ५ कालेखोलीमा बसोवास गर्दै आएका उनीहरू आगोको धुवाँले निसास्सिएरपछि उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको हो । उपचारकै क्रममा ११ दिनकी सुत्केरी मायालक्ष्मी महताराको सोमबार नै मृत्यु भइसकेको थियो। उनीकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए ।

उनले भने, ‘सुत्केरी दिदीलाई सघाउन बहिनी आएकी रहिछिन् । दिदीसँग एउटै कोठामा सुतेको अवस्थामा धुवाँले निसास्सिएका हुन् । उपचारको क्रममा मंगलबार विहान ६ बजे मृत्यु भएको हो । अहिले शवको पोस्टमार्टम प्रक्रिया भइरहेको छ ।’

उनका अनुसार निसास्सिएर ११ दिनको बच्चासमेत बिरामी परेको छ । अहिले बच्चाको प्रतिष्ठानको आइसियूमा उपचार भइरहेको छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोरेका थिए । उनीहरू निसास्सिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।