
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। महराले आइतबार प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
नयाँ सत्तागठबन्धनका दलहरूलाई छिटो सरकार गठनका लागि आग्रह गर्दै उनले आफू कामचलाउ सरकारका रूपमा एकछिन पनि बस्न नचाहेको धारणा राखे। अब बन्ने सरकारलाई शुभकामना दिँदै उनले आफू नेतृत्वको सरकारले छोटो समयमा राम्रा काम गरेको दाबी गरे।
केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए। माओवादी केन्द्र संसदीय दलका नेता महराले आफू नेतृत्वको सरकारमा एमाले तथा अन्य दलका मन्त्रीहरूले सोचेको भन्दा बढी विश्वासका साथ काम गरेको बताए।
०८० चैत २३ मा माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्री बनेका थिए।