Skip This
शनिबारसम्म देशभर वर्षा हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २६ बुधबार
  • Tuesday, 23 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २६ बुधबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शनिबारसम्म देशभर वर्षा हुने

कर्णाली र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा रेडअलर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २६ बुधबार १९:oo:oo


आज रातिदेखि शनिबारसम्म देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यूनचापीय रेखा आज रातिबाट अझ नेपालतिर सर्ने सम्भावना देखिएकाले देशभर वर्षा हुने जनाएको हो।

साथै, बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ।

यी दुवै प्रणालीको प्रभावले आज रातिदेखि शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आज यो विशेष बुलेटिन जारी गरिएको छ।

यो अवधिमा  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थान  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले सुदूरपश्चिम र कर्णालीबाहेकका पाँच प्रदेशमा उच्च जोखिमका हिसाबले रेडअलर्ट जारी गरेको छ।  कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा जोखिम नरहे पनि बाँकी क्षेत्रमा भने जोखिम आकलन गरिएको छ।