Skip This
विवाह गरेको एक महिनामै दुर्घटनामा परेर श्रीमतीको ज्यान गयो, श्रीमान घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ १६ बुधबार २२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाह गरेको एक महिनामै दुर्घटनामा परेर श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २२:o६:oo

गत महिना विवाह बन्धनमा बाँधिएकी दोगडाकेदार– ६ कि २८ वर्षीया मिना जोशीको दुर्घटनामा परेर ज्यान गएको छ। 
भारत पिथौरागढका ३२ वर्षीय निरज भट्टसँँग विवाह गरेकी मिना श्रीमानसँगै बुधबार माइतबाट घर जाँदै गर्दा दुर्घटनामा परेकी हुन्। 

बैतडी सदरमुकाम गोठालापानीबाट भारतीय सीमा बजार झुलाघाटतर्फ जाँदै गरेको सु.प्र. प्र ०१–००१ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका– ८ बाराकोटनजिक दुर्घटना भएको थियो। सडकबाट करीब ५० मिटर तल खसेको जिपमुनि च्यापिएकी मिनालाई आधा घण्टापछि उद्धार गरेर जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो। जहाँ चिकित्सकले मृत घोषणा गरे। 

दुर्घटनामा घाइते भएका मनाका श्रीमान निरजको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। दुर्घटनामा परेर नौजना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुमा निरजलगायत थप दुईजना भारतको पिथौरागढ निवासी हुन् । 

उनीहरु दशरथचन्द नगरपालिका– २ माइत भई पिथौरागढ घर भएकी २४ वर्षीया रतना कोहरा र उनका श्रीमान २४ वर्षीय किसन कोहरा रहेको प्रहरीले जनाएको छ। त्यस्तै दशरथचन्द नपा– १० का ३८ वर्षीय ललित टमाटा, उनकी श्रीमती निर्मला टमाटा र छोरा आठ वर्षीय कार्तिक छन्। उनीहरुलाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको बैतडीका प्रहरी प्रमुख दिपक गिरी बताए । 

त्यस्तै, अन्य घाइतेमा मेलौली नपा– २ का ७६ वर्षीय कृष्णबहादुर चन्द, पुरचौडी नपा– ५, की २८ वर्षीया निरा कुँवर र दशरथचन्द नपा– ६ की ४५ वर्षीया जानकी चुनारा रहेको उनले बताए। घाइतेमध्ये निराको थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले बताएको छ।