Skip This
जुरिखेतमा कार दुर्घटना (अपडेट) : दुईजनाको पहिचान खुल्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ १६ बुधबार २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुरिखेतमा कार दुर्घटना (अपडेट) : दुईजनाको पहिचान खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २१:२८:oo

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु भएका थप एकको पहिचान खुल्न बाँकी छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ बेलुवाका २६ वर्षीय अर्जुन नेपाली र उनकी ३ महिनाकी छोरी अर्जिता छन्।

दुर्घटनामा मृत्यु भएका अर्का एक पुरुष छन्। दुर्घटनामा दुईजना महिला गम्भीर घाइते भएको र उनीहरुको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनीहरूको पनि पहिचान खुल्न बाँकी छ।

डिएसपी भण्डारीका अनुसार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।