१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १६ बुधबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न सर्लाही कांग्रेसको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १७:५९:oo

कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न माग गरिएको छ।

सर्लाहीको तत्कालीन मनुस्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा गरेकाे आर्थिक अनियमिततामा दाेषी ठहर भइसकेका सिंहलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न माग गरिएकाे कांग्रेस सर्लाहीका क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिए। 

सभापति रायका अनुसार सर्वोच्च अदालतले गत फागुनमा उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे। 

साे मागसहित सर्लाहीबाट उपसभापति नवीनप्रसाद अधिकारी र सर्लाही क्षेत्र न-१ का सभापति हरिबहादुर लुंगेली पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न केन्द्रीय कार्यालय पुगिसकेका छन्।